भारतमा एकै दिन ६ हजार जनाभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि
काठमाडाैं | चैत २४, २०७९
काठमाडौं: भारतमा एकै दिन छ हजार जनाभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो केही दिनदेखि भारतमा कोरोना सङ्क्रमण बढिरहेकोमा पछिल्लो २४ घण्टामा छ हजार ५० जनामा सङ्क्रमण पुष्टि भएको भारतका स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।
भारतमा एकै दिन सङ्क्रमण पुष्टि भएको यो सङ्ख्या पछिल्लो दुई सय तीन दिनयताकै उच्च रहेको पनि बीबीसीको खबरमा उल्लेख छ । पछिल्लो २४ घण्टामा थपिएको सङ्ख्यासँगै भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या २८ हजार तीन सय तीन जना पुगेको छ ।
यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण १४ जनाको ज्यान गएको छ । पछिल्लो समय भारतमा कोभिड-१९ को नयाँ भेरिएन्ट ओमिक्रोन एक्सबीबी १.१६ फैलिरहेको छ । भारतमा गएको जनवरीमा पहिलो पटक यो भेरिएन्ट देखिएको हो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

